आज दिनभरको माैसम पूर्वानुमान यस्तो छ

Thankot Times

थानकोट ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन्।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ।  

काठमाडौं उपत्यका आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो। 

आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *