आज काठमाडौंमा यस वर्षकै चिसो मापन
थानकोट ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो ।
यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । सोमबार पनि काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ६.७ डिग्री सेल्सियस थियो । तर, ८ः४५ मा घटेर ६.१ मा झरेको थियो ।
“८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम थप घट्न सक्छ,” मौसमविद् डेबिड ढकाल भन्छन्, “सामान्यतया ५ः४५ मा भन्दा ८ः४५ मा तापक्रम न्यून हुन्छ ।”
काठमाडौंको भिजिबिलिटी आज बिहान ५ः४५ मा पाँच हजार मिटर रहेको बताइएको छ ।













