सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा बुधबार (मंसिर २४) सुनको मूल्य सामान्य बढेको छ ।
यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने दुई लाख ५१ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।
मंगलबार प्रति तोला तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।













