चन्द्रागिरि छैठाैं राष्ट्रपति शिल्ड खेलकुदः ५४ स्वर्ण पदकको विजेता टुंगो, ब्राइट होराइज अग्रस्थानमा
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा गत शुक्रबारदेखि जारी छैठाैं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको छैंठाै दिन बुधबारसम्म ५७ मध्ये ५१ स्वर्ण पदकको टुंगो लागेको छ ।
नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भइरहेको प्रतियोगितामा विभिन्न चार खेलका १७ विधा समावेश गरिएका छन् ।
प्रतियोगितामा नगरक्षेत्रका १९ सामुदायिक, २५ संस्थागत विद्यालय तथा ३ वटा क्याम्पसका ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धाका ५४ स्वर्ण ५४ रजत र ८० कास्य पदकका लागि आफ्नो खेल काैशल देखाइरहेका छन् ।
प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेलका स्पर्धाहरू थानकोटस्थित मंगलोदय माविमा निर्धारण गरिएका हुन् ।
यस्तै, मार्सल आर्टस् विधाका खेलहरू चन्द्रागिरि ५ दुरसञ्चारस्थित रिब्स माविमा तय गरिँदा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदान र हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तालिका रहेको छ ।
कबड्डीका र मार्सल आर्टस् विधाका स्पर्धाहरू सोमबार सम्पन्न भएका छन् । ट्य्राक एण्ड फिल्डका खेलहरू बुधबार सकिएका छन् ।
बुधबार सम्पन्न भएका खेलहरूसँगै पदक तालिकामा ३० विद्यालयले कुनै न कुनै पदक हात पारेका छन् । २१ विद्यालयले कम्तीमा १ स्वर्ण प्राप्त गरेका छन् ।
मातातिर्थस्थित ब्राइट होराइजन स्कुलले १३ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित पदक तालिकामा शीर्षस्थान कायम राखेको छ ।
बुधबार (मंसिर २४) सम्म कुन विद्यालयले कति पदक प्राप्त गरे सूची हेर्नुहोस्ः














