कलंकी-नागढुङ्गा सडक मर्मतको २९ लाख रुपैयाँ बराबरको ठेक्का तोडियो
थानकोट ।
सम्झौताअनुसार काम नगर्ने सडक विभागअन्तर्गतको ठेक्का हालसम्म ३५ वटा तोडिएको छ ।
विभागले तयार गरेको मंगलबारसम्मको तथ्यांकअनुसार दुई अर्ब नौ करोड ७९ लाख ५३ हजारबराबरको ३३ ठेक्का तोडिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले दुई अर्ब रुपैयाँ हाराहारीको ठेक्का तोडिएको बताए ।
हालसम्म सडकतर्फ १८ अर्बबराबरको दुई सय ३५ ठेक्का तोड्ने गरी सूचना जारी भइसकेको छ ।
जसअनुसार कलंकी-नागढुङ्गा सडकको मर्मतको ठेक्का समेत तोडिएको छ ।
ओमकार विल्डर्सले पाएको सो ठेक्काको रकम २८ लाख ८२ हजार रुपैयाँ रहेको बताइएको छ ।













