नेपाल प्रिमियर लिग-२०२५ः लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, काठमाण्डू ४ विकेटले पराजित

Thankot Times

थानकोट ।

करण केसीको काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै रोहित पाैडेलको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँगको भेट पक्का गरेको छ ।

हारसँगै काठमाण्डूको जारी एनपीएलमाको यात्रामा भने पूर्णविराम लागेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतियोगिताको दोस्रो क्वालिफायर भोलि (बिहीबार) हुने तालिका छ ।

यो खेलमा जित निकाल्ने टिमले उपाधि निम्ति शनिबार (मंसिर २७) सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *