नेता राजेन्द्र कुमार केसीद्वारा आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका राजेन्द्र कुमार केसीले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका छन् ।

०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिएका केसीले आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रिय सभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने बताएका हुन् ।

०६४ देखि नै म चुनाव लड्दै आएको हो । ७० देखि अहिलेसम्म तीनपटक जितेर सांसद भएर काम गरिसकेँ । ०७४ को अन्तिमतिर शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री पनि भएँ । अब, एउटै व्यक्ति किन बारम्बार चुनाव लड्ने ? मैले आफ्नो ठाउँलाई जे दिनुपर्दथ्यो, त्यो दिइसकेको छु, अब जति भएपनि त्यस्तै हो । अर्कोतर्फ जेनजी आन्दोलनको भावनाको पनि सम्बोधन होस र नयाँ पुस्ताहरु आउन भनेर बाटो खोल्ने काम गरेको हो। – उनले भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *