सर्वसम्मतिको प्रयास विफल भएपछि काठमाडाैं १० मा कांग्रेसका पाँचै जनाको नाम जिल्लामा पठाइयो

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने सर्वसम्मतिको प्रयास विफल भएपछि काठमाडाैं १० मा नेपाली कांग्रेसका पाँचै जना जिल्लामा पठाइएको छ ।

फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि काठमाडाैं जिल्ला क्षेत्र नं. १० मा नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ ५ जनाले इच्छा देखाएकोमा कोहीपनि नाम निकाल्न तयार नभएपछि उनीहरू सबैजनाको नाम जिल्लामा पठाइएको सो पार्टीका क्षेत्रीय उपसभापति धर्मनन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस क्षेत्रमा प्रत्यक्षतर्फ १ जना महिलासहित ५ जनाको नाम जिल्ला समितिमा पठाइएको छ ।

जसमा योगेन्द्र कुमार कुँवर, लक्ष्मी देवी दाहाल रावल, दिपेश विष्ट, दिपेन्द्र आचार्य, हिमाल कार्की रहेका छन् ।

यसैगरी समानुपातिकतर्फ यस क्षेत्रबाट जमुना नकर्मी, दिलमाया जी आर, बद्रीलाल महर्जन, अष्टबहादुर महर्जनको नाम जिल्लामा पठाइएको छ ।

राष्ट्रिय सभातर्फ गणेश बहादुर सुवेदीको नाम क्षेत्र हुँदै जिल्ला पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *