काठमाडौं शिक्षा क्याम्पसका विद्यार्थीलाई डिजिटल वित्तिय साक्षरता प्रशिक्षण
थानकोट ।
डिजिटल साक्षरता विश्व लगानीकर्ता सप्ताहको अवसरमा सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसमा डिजिटल साक्षरता र वित्तिय साक्षरता कार्यक्रम आयोजना भएको छ।
बिहीबार बिहान आयोजित कार्यक्रममा सो क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत करिब ८० जना विद्यार्थीहरुको सहभागिता रहेको क्याम्पसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नागरिक स्टक डिलरका कृष्णजंग थापा र महेन्द्रनारायण जोशीले कार्यक्रमका सहभागी विद्यार्थीहरुका लागि डिजिटल साक्षरता तथा नेपाली पुँजीबजारका विविध आयामहरुका बारेमा जानकारी दिएका थिए ।
सूचना प्रविधिको विकास तथा इन्टरनेट सञ्जालमा व्यापकता आइरहेको सन्दर्भमा कसरी मानवीय गतिविधिहरु प्रभावित भएका छन, इन्टरनेटका कारण व्यक्तिका गोपनियताका सवालमा देखिएका चुनाैती लगायतका विषय उक्त कार्यक्रममा छलफल भएको बताइएको छ।
युवापुस्तामा पुँजीबजारप्रतिको हेराइ तथा यस क्षेत्रमा प्रविधिको अनुकुलनका विषयमा समेत सो कार्यक्रममा जानकारी गराइएको थियो ।
काठमाडौं शिक्षा क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा सो कार्यक्रम आयोजना भएको उक्त विभागकी संयोजक शारदा श्रेष्ठको भनाइ छ।













