सुनको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज (मंसिर २५) एक हजार रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला दुई लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला तीन हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।













