काठमाडौंको तापक्रम घट्दो, चिसो बढ्दो

Thankot Times

थानकोट ।

तापक्रम क्रमिक रूपमा घट्दो छ ।

चिसो बढ्दो क्रममा छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार (मंसिर २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्षको मापनमा यो कम तापक्रम हो । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार (मंसिर २४) ५.५, मंगलबार (मंसिर २३) ६.२ डिग्री थियो ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.४ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम बुधबार –४.१, मंगलबार –४.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम ४.७, ताप्लेजुङको ५.७, दिपायलको ६.३, ओखलढुंगाको ७.८, वीरेन्द्रनगरको ८.१, पोखराको ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन् ।

यहाँ कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *