साफ क्लब महिला च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल एपीएफ

Thankot Times

थानकोट।

साफ क्लब महिला च्याम्प्यिनसिपमा आज (मंसिर २५) भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दै छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ः०० बजे सुरु हुनेछ ।

इस्ट बंगाल लगातर दोस्रो जितको खोजीमा हुनेछ । यो इस्ट बंगालको दोस्रो खेल हो । इस्ट बंगालले पहिलो खेलमा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले हराएको थियो ।

कराची भने पहिलो जितको खोजीमा हुनेछ । यो कराचीको तेस्रो खेल हो । कराचीले पहिलो र दोस्रो खेलमा क्रमशः ट्रान्सपोर्ट र बंगलादेशको नस्रिन स्पोटटर्स एकेडेमीसँग गोलरहित बराबरी गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आजै हुने अर्काे खेलमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले ट्रान्सपोर्टसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल बेलुका ६ बजे सुरु हुनेछ ।

एपीएफ पनि लगातर दोस्रो जितको खोजीमा हुनेछ । यो एपीएफको दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो ।

ट्रान्सपोर्ट भने पहिलो जितको खोजीमा हुनेछ । ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बंगालसँग ४–० को हार व्यहोरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *