नेपाल प्रिमियर लिग-२०२५ः लुम्बिनी लायन्स फाइनलमा, विराटनगर ४० रनले पराजित

Thankot Times

थानकोट ।

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा प्रतियोगिताको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी पहिलोपटक उपाधि नजिक पुगेको हो ।

खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो।

प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो। यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते शनिबार हुने तालिका छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *