थानकोट जेसीज चन्द्रागिरि अन्तर वडा कप फुटसलमा १९ टोलीको सहभागिता, महिलातर्फ ६ टोली
थानकोट ।
थानकोट जेसीजले आयोजना गर्ने दोश्रो चन्द्रागिरि नगरपालिका अन्तर वडा कप फुटसल प्रतियोगितामा नगरका १५ मध्ये १३ वटा वडाका टोलीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा भाग लिने टोलीहरूको बिहीबार खेल तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा चन्द्रागिरि वडा नं. १, २, ३, ६, ७, ९, १२, १४ र १५ का समान १-१ टोलीले सहभागिता जनाउने छन् । यस्तै चन्द्रागिरि ५ र ८ का समान २-२ टोलीले सहभागिता जनाउने छ ।
चन्द्रागिरि वडा नं. ४ र १३ का समान ३-३ टोलीले नगद ७५ हजार रूपैयाँ पुरस्कार राशिको दुई दिने फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
मंसिर २६ र २७ गते (शुक्रबार र शनिबार) मच्छेगाँउस्थित मत्स्य रिक्रियशन सेन्टरको एरिनामा सञ्चालन हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं. १० र ११ सतुङ्गलले सहभागिता नजनाएको थानकोट जेसीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।
५ ए साइड फर्म्याटमा खेलाइने प्रतियोगिताको उपविजेताले ३५ हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने व्यक्तिगत विधातर्फ अब्बल हुने गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

प्रतियोगिताको उद्घाटन खेल चन्द्रागिरि वडा नं. ५ को ग टिम र चन्द्रागिरि नगरपालिका वडा नं. २ टिमबीच हुनेछ ।
शुक्रबार बिहान ८ बजे हुने उद्घाटन खेलमा वडा नं. ४ को बी टिम र वडा नं. ५ को सी टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछ । सेमीफाइनल र फाइनल खेल भने मंसिर २७ गते शनिबार सोही एरिनामा हुने तालिका रहेको छ ।
यस्तै, थानकोट जेसीजकै आयोजनामा भोलिबाटै महिला फुटबसल समेत सुरु हुनेछ । जसमा विभिन्न ६ टोलीले भाग लिने बताइएको छ । जसमा पनाैती जेसीज, दक्षिणकाली जेसीज, वीआर व्रदर्श सेतो, वीआर व्रदर्श कालो, कुर्दन फुटबल एकेडेमी र गणेशमान सिंह स्मृति फुटसल रहेका छन् । यो प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने थानकोट जेजीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।

थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि वडा नं १५ तीनथानालाई













