थानकोट जेसीज चन्द्रागिरि अन्तर वडा कप फुटसल आजबाट, १३ वडाका १९ टिम प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

थानकोट जेसीजले आयोजनामा आजबाट दोश्रो चन्द्रागिरि नगरपालिका अन्तर वडा कप फुटसल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा नगरका १५ मध्ये १३ वटा वडाका १९ टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा चन्द्रागिरि वडा नं. १, २, ३, ६, ७, ९, १२, १४ र १५ का समान १-१ टोलीले सहभागिता जनाउने छन् । यस्तै चन्द्रागिरि ५ र ८ का समान २-२ टोलीले सहभागिता जनाउने छ ।

चन्द्रागिरि वडा नं. ४ र १३ का समान ३-३ टोलीले नगद ७५ हजार रूपैयाँ पुरस्कार राशिको दुई दिने फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

आज र भोलि (मंसिर २६ र २७ गते (शुक्रबार र शनिबार) मच्छेगाँउस्थित मत्स्य रिक्रियशन सेन्टरको एरिनामा सञ्चालन हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं. १० र ११ सतुङ्गलले सहभागिता नजनाएको थानकोट जेसीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।

५ ए साइड फर्म्याटमा खेलाइने प्रतियोगिताको उपविजेताले ३५ हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने व्यक्तिगत विधातर्फ अब्बल हुने गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले बिहान ८ बजे वडा नं. ४ को बी टिम र वडा नं. ५ को सी टिमबीच प्रतिस्पर्धा हुनेछ ।

थानकोट जेसीज चन्द्रागिरि अन्तर वडा कप फुटसलमा १९ टोलीको सहभागिता, महिलातर्फ ६ टोली


Leave a Reply

Your email address will not be published. Required fields are marked *