यू-१९ एसिया कप क्रिकेटः नेपाली टोली यूएईमा, पहिलो खेल शनिबार श्रीलंकासँग खेल्ने

Thankot Times

थानकोट ।

एसीसी पुरुष यू–१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदै छ ।

पहिलो दिन भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्नेछन् ।

प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलंकासँग यही मंसिर २७ गते खेल्नेछ । नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले सबै खेल सेभेन्स रंगशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ ।

यस्तो छ नेपाली टोली :

अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *