विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रलाई ऐतिहासिक कास्य

Thankot Times

थानकोट ।

नेपाली बक्सर चन्द्रबहादुर थापाले संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक हात पारेका छन् ।

उनी यो प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी हुन् ।

थापा बिहीबार सम्पन्न पुरुषतर्फ ५४ केजी तौल समूहको सेमिफाइनलमा सन् २०२१ को विश्व च्याम्पियन तथा टोकियो ओलम्पिकका कास्यविजेता काजकिस्तानका बक्सर साकेन बिबोसिनोभसँग युनानिमस डिसिजनका आधारमा पराजित भएका हुन् ।

कास्य पदकसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइबा) को आयोजनामा भएको च्याम्पियनसिपमा शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः २ लाख, १ लाख ५० हजार र ७५ हजार अमेरिकी डलर पाउनेछन् ।

थापाले बुधबार क्वार्टरफाइनलमा इरानका बक्सर काजेमी मेहदीलाई युनानिमस डिसिजनका आधारमा हराएका थिए । उनले यसअघि आर्मेनियाका डेभित यगोरियन्सलाई ४–० को स्पिलिट डिसिजनका आधारमा तथा इन्डोनेसियाका मासिहोर योसुए होलीलाई ५–० ले हराएका थिए ।

रोल्पाका चन्द्र विभागीय टोली नेपाल पुलिस क्लबाट घरेलु प्रतियोगितामा खेल्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *