यस्तो छ आज शुक्रबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *