सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुनको मूल्य दुई लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी तोलामा एक सय रुपैयाँले बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।













