चार जना मन्त्री थपिँदै, राष्ट्रपति निवास पुग्यो यी नाम, सपथ आजै हुने सम्भावना

Thankot Times

थानकोट ।

अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार गरिँदै छ ।

वर्तमान मन्त्रिपरिषद् मा चार नयाँ मन्त्री थपिन लागेको हो ।

थपिन लागेका मन्त्रीमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम तथा रोजगार, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् ।

नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

उनीहरूको शपथ आज (मंसिर २६) दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *