नागढुङ्गाबाट समातिए सरोज र सजोल
थानकोट ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिना छन् ।
उनीहरूलाई दुई ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
यसबारेमा प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताइएको छ ।













