प्रधानमन्त्रीद्वारा एनपीएल विजेतालाई बधाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत शनिबार कार्कीले विजेता टोलीलाई बधाई दिएकी हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्, “राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *