साफ क्लब महिला च्याम्पियनसिप: नेपाल एपीएफ क्लबले कराची सिटी एफसी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आइतबार पाकिस्तानी क्लब कराची सिटी एफसी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।

खेलमा दुवै टिम फाइनल छनोटको निम्ति जित्नैपर्ने दबाबमा छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले हालसम्म दुई खेल खेल्दा एक जित र एक बराबरीसँगै चार अंक जोडेको छ ।

यता, तालिकाको तेस्रो स्थानमा रहेको कराचीले तीन खेल खेल्दा सबै खेलमा गोलरहीत बराबरी गर्दै तीन अंक जोडेको छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा नस्रिन स्पोर्टस एकेडेमी र लिग लिडर इस्ट बंगाल खेल्दै छन् ।

खेलमा इस्ट बंगाल लगातर तेस्रो जितको खोजिमा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको इस्ट बंगालले हालसम्म दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ ।

यता, नस्रिन भने फाइनलमा छनोटको निम्ति जित्नैपर्ने दबाबमा छ । तालिकाको पुछारमा रहेको नस्रिनले दुई खेल खेल्दा समान एक हार र बराबरीसँगै एक अंक जोडेको छ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *