चम्पादेवी हाइकिङ गएका भारतीय राजदूत अचेत
थानकोट ।
भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत भएका छन् ।
शनिबार चम्पादेवी हाइकिङ गएका उनी अचेत भएका हुन् ।
नेपालमा कार्यकाल सकेर फर्कन लागेका भारतीय राजदूत नविन श्रीवास्तवलाई शनिबार छुट्टीको दिन हाइकिङ्ग जाने क्रममा छाती दुखेर लडेपछि सेना र प्रहरीले उद्धार गरेका छन् । हेलिकप्टरबाट ग्राण्डी अस्पताल पुर्याइएका उनलाई भेन्टिलेटरमा राखिएको छ ।
दिउँसो अढाइ बजे दूतावासका २ जना अफिसरसहित काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर ९ भस्मेसुर डाँडाको जङ्गलमा हाइकिङ्ग गर्न गएका राजदूत अकस्मात छाती दुखेर ढलेका थिए ।
उनलाई श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नदिपसिंह ठकुरीको कमाण्डमा ९ जनासहित सशस्त्र प्रहरी बल दङ्गा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही, कीर्तिपुरबाट इन्स्पेक्टर लोकबहादुर तामाङ्गको कमाण्डमा १७ जनाको टोलीद्वारा संयुक्त उद्दार गरी सेनाको हेलिकप्टरमा ४३० बजे ग्राण्डी हस्पिटल लगिएको थियो ।
अस्पतालमा उपचार जारी छ ।
शुभेच्छुकहरु शीघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगिरहेका छन् ।
















