थानकोट जेसीज प्रथम महिला फुटसलको उपाधि गणेशमान स्मृति फुटसल क्लबलाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ स्थित गणेशमान स्मृति फुटसल क्लबले थानकोट जेसीज प्रथम महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा थानकोटस्थित वीआर व्रदर्श फुटबल क्लबको सेतो टोलीमाथि गणेशमान स्मृति फुटसल क्लबले पेनाल्टी सुटआउटमा २-० को जित आत्मसाथ गर्यो । नियमित समयमा दुवै टोलीबाट समान १-१ गोल भएपछि उपाधि छिनोफानो पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशन सम्पन्न प्रतियोगिताको विजेता हुँदा गणेशमान स्मृति फुटसल क्लबले २५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पायाे ।

उप विजेता बनेको वीआर व्रदर्श फुटबल क्लबको सेतो टोलीले १० हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

प्रतियोगितामा उत्कृष्ट गाेलरक्षक सोनी तामाङ चुनिइन् उनी गणेशमानका तर्फबाट सहभागी भएकी थिइन्।

प्रतियाेगितामा सर्वाधिक गाेलकर्ताकाे उपाधि संगीता मल्लले प्राप्त गरिन् । उनी वीआर व्रदर्श फुटबल क्लबको सेतो टोलीकी सदस्य थिइन् ।

विजेता तथा उपविजेतालाई नगरका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि वडा नं. १५ का वडाध्यक्ष तथा नगरका सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल, चन्द्रागिरि वडा नंं ८ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक प्रल्हाद रिजाल, बक्सर अविरल रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए ।  ।

दुई दिने प्रतियाेगितामा विभिन्न ६ टाेलीले सहभागीता जनाएका थिए ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन भएको थानकोट जेसीजले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रूपैयाँ खर्च लागेको थानकोट जेसीजका अध्यक्ष विराज शाहीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *