नेकपा एमालेको पदाधिकारी नबन्ने अष्टलक्ष्मी शाक्यको घोषणा

Thankot Times

थानकोट ।

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब आफू पदाधिकारी नबन्ने बताएकी छन् ।

नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरेकी हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८) बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीया शाक्यले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरिन् ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि पदाधिकारी नबन्ने घोषणा गरेका छन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ ।

केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *