काठमाडाैंमा ६ जना जुवाडे पक्राउ परे
थानकोट ।
काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
जुवातास खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दावन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।













