साफ क्लब महिला च्याम्पियनसिप : नेपाल एपीएफको दोश्रो जित, कराची सिटी एफसी १-० ले पराजित

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब साफ क्लब महिला च्याम्पियनसिपमा पाकिस्तानी टिम कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

यो जितसँगै एपीएफले तालिकामा सात अंक जोडेको छ । एपीएफले चारमध्ये तीन खेल खेल्दा दुई जित र एक बराबरीसँगै सात अंक जोडेको छ ।

अब एपीएफले अन्तिम खेलमा दोस्रो स्थानमा रहेको भारतीय क्लब इस्ट बंगालसँग खेल्ने तालिका छ ।

आइतबार घरेलु टिमलाई काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित दिलाउन फरवार्ड रश्मीकुमारी घिसिङ निर्णायक बनिन् ।

रश्मीले ५२औँ मिनेटमा टिमकी रेनुका नगरकोटेको क्रसमा उत्कृष्ट हेडर गोल गर्दै जित सुनिश्चित गरेकी थिइन् ।

पराजित कराची भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेलसँगै समूह चरण पूरा गरेको कराचीले चार खेल खेल्दा तीन बराबरी र एक हारसहित तीन अंक मात्र जोड्न सक्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *