चन्द्रागिरि नगरमा कार्यरत कर्मचारीलाई २० रूपैयाँ कपमा चिया खुवाउन कसैले इच्छा नदेखाएपछि…..

Thankot Times

थानकोट ।

बलम्बुस्थित चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालयले सो कार्यालय हातामा चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि तेस्रोपटक कोटेशन आह्वान गरेको छ ।

नगरले निर्धारण गरेका शर्त तथा अधिनमा रहि खाजा तथा खाना खुवाउने गरी चमेना गृह सञ्चालन गर्न इच्छुकले पुस १ गतेभित्र कोटेशन पेश  गर्न सक्ने छन् ।

मंसिर २३ गते सात दिने सूचना जारी गर्दै नगरपालिकाले तोकिएको कागजात तथा रकम बुझाई शिलबन्दी दरभाउ पेश गर्न सक्ने जनाएको हो ।

यसअघि गत भदाै ३ मा कार्यालय हातामा चमेना गृह (क्यान्टिन) सञ्चालनका लागि पहिलो पटक कोटेशन आह्वान भएकोमा उक्त आह्वानले काम नगरेपछि गत कार्तिक १८ गते दोश्रो सूचना जारी भएको थियो ।

सो सूचना अनुसार पनि कुनै कोटेशन नपरेपछि पुनः मंसिर २३ गते नगरपालिकाले सूचना जारी गरेको हो ।

यसअघि सञ्चालनमा रहेको क्यान्टिनसँगको ३ वर्षको सम्झाैता अवधि सकिएपछि नयाँ सम्झाैताका लागि चन्द्रागिरि नगरले प्रयास गरिरहेको छ ।

चमेना गृह सञ्चालन सम्बन्धी बोलपत्र फाराममा ८१ थरीका खाद्य परिकारहरूको सूची तथा मूल्य समेत निर्दिष्ट गरेको छ ।

जसअनुसार दुध चिया प्रतिकप २० रुपैयाँमा उपलब्ध गराउनुपर्नेछ । यस्तै हटलेमन प्रति गिलास ३० रुपैयाँ, सेल प्रति गोटा २० रुपैयाँ, दही चिउरा प्रति प्लेट ७५ रुपैयाँमा उपलब्ध गराउनुपर्नेछ ।

सूचना तथा थप जानकारी समावेश भएको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *