एमालेकाे निर्वाचन तालिका सार्वजनिक, आज मतदाता नामावली प्रकाशन, पुस १ मा मतदान कार्यक्रम
थानकोट ।
नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइतबार (मंसिर २८) निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आज आइतबार बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।
यस्तै, भोलि सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए ।
सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ ।
सोमबार नै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
यस्तै, सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सुब्बाले बताए ।
पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।














