‘झरिपछिको इन्द्रेणी’को गीतमा मेयर बालेन शाहको स्वर

Thankot Times

थानकोट ।

चलचित्र ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ गीत सार्वजनिक गरिएको हो । 

गीतमा बालेनको र्‍याप छ । ओएसटी भनिएको र्‍यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । 

‘आम नेपाली बुवा’मा र्‍याप सँगै शब्दरचना पनि बालेनको छ । कोरस गायन दीक्षा उप्रेतीको छ । 

आम बुवाको संघर्ष र जिम्मेवारी र्‍यापको केन्द्रमा छ । र्‍यापको भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ । 

अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको ‘झरिपछिको इन्द्रेणी’ पुस ४ गतेबाट प्रदर्शनमा आउँदै छ । 

चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारको अभिनय छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ