चन्द्रागिरि नगरपालिकामा १ सय शैयाको अस्पताल सञ्चालनमा आउँदै, जारी भयो १५ दिने सूचना
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा १ सय शैयाको अस्पताल सञ्चालनको तयारी सुरु भएको छ ।
ओम समाज शैक्षिक प्रतिष्ठानले नैकापमा वेस्ट सिटी अस्पताल सञ्चालनका लागि वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।
सो अस्पताल सञ्चालन हुँदाका बखत उक्त क्षेत्रमा पर्ने विभिन्न प्रभावका सन्दर्भमा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लिखित सुझाव दिन अस्पतालले सबैमा अनुरोध गरेको छ ।
सूचना हेराैंः














