एमाले महाधिवेशन: कृष्णगोपाल श्रेष्ठ पोखरेल प्यानलबाट सचिवको उम्मेदवार

Thankot Times

थानकोट ।

नेकपा एमालेको ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ ।

पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९ जना पदाधिकारीको टुंगो लगाएको छ ।

अध्यक्षमा केपी ओली उपाध्यक्षमा उपाध्यक्षमा बिष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो ।

महासचिवः शंकर पोखरेलको टुंगो लागेको छ ।

उप महासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल र बिष्णु रिमालको नाम टुंगिएको हो ।

९ सचिवका उम्मेदवारमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल बिश्वकर्मा, खगराज अधिकारी

यामलाल कडेल,  शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।

संस्थापनविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

यो टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ ।

बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।

उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ ।

सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ