नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ।

आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ।
आइतबार एक तोला चाँदी ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

एआई इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ