एसीसी यू-१९ पुरुष एसिया कप : बंगलादेश सामु नेपाल १३० रनमै अलआउट
थानकोट ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा नेपालले बंगलादेशसामु जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित द सेभेन्स रंगशालामा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।
बलिङतर्फ बंगलादेशका लागि एमडी सोबुजले तीन तथा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले २/२ विकेट लिए ।
अहिले बंगलादेश जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि यही मंसिर २७ गते भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।













