केपी ओली प्यानलका केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक, चन्द्रागिरिका यी नेतापनि समेटिए
थानकोट ।
काठमाडाैंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ ।
ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो ।
यो प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ ।
मजदुर क्लष्टरमा खुलातर्फ थानकोटका विनोद श्रेष्ठको नाम समेटिएको छ ।













