यू-१९ पुरुष एसिया कप : नेपाल बंगलादेशसँग सात विकेटले पराजित

Thankot Times

थानकोट ।

एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा ओपनर जवाद अब्रारले सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, कलाम सिद्दिकीले ३४ रन थपे । रिजान होसान १२ रनमा अविजित रहे ।

नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो ।

तिवारीले सर्वाधिक ३० रन जोडे । कप्तान अशोक धामीले २३, साहिल पटेलले १८ र नीरजकुमार यादवले १४ रन बनाए । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

यता, बंगलादेशका एमडी सोबुजले तीन विकेट लिए । साद इस्लाम, साहरिर अहमेद र अजिबुल हाकिमले समान दुई विकेट लिए । साहरिया अल–अमिनले एक विकेट हात पारे ।

प्रतियोगितामा यसअघि नेपाल श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।

नेपालले अब डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ