नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनः केन्द्रीय सदस्यमा सन्तोष खड्काको उम्मेदवारी

Thankot Times

थानकोट ।

नेकपा एमालेको खुलातर्फको केन्द्रीय सदस्य पदमा ७७ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

तर, खुलातर्फ १६८ जनाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारी प्रारम्भिक सूचीमा उल्लेख छ ।

यस्तै विभिन्न क्लष्टरमा पनि निर्धारित संख्या भन्दा धेरैको उम्मेदवारी परेपछि उनीहरूको पनि मतदान प्रकृयाबाटै नाम छिनोफानो हुने भएको छ ।

नेकपा एमाले बागमती प्रदेश सदस्य रहेका चन्द्रागिरि नगरपालिका-८ मातातिर्थका सन्तोष खड्काले केन्द्रीय सदस्य भुगोल (राजधानी विशेष) क्लष्टरको राजधानी विशेष युवा ४० वर्ष उमेर समुहमा उम्मेदवारी दिएका हुन् ।

यो क्लष्टरमा (९.२) १ जना निर्वाचित हुने व्यवस्था रहँदा चार जनाले नाम दर्ता गराएका छन् ।

खड्का जारी महाधिवेशनका लागि काठमाडाैं क्षेत्र नंं. १० बाट युवा क्लष्टरमा सर्वसम्मत प्रतिनिधि चयन भएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ