चन्द्रागिरि हिल्सको १६औं वार्षिक साधारण सभा पुस २३ मा बस्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, बैठकले कम्पनीको १६औं वार्षिक साधारण सभा यहि पुष २३ गते चन्द्रागिरि हिल्स लिमिटेड, बटम स्टेशन परिसर थानकोट, काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।

सभामा कम्पनीको आव २०८१/८२ को प्रस्तावित बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ को कम्पनीको पुँजी संरचना संसोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरूबाट थप सुझाव वा हेरफेर वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्ने गरी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा र प्रभु बैकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ