कोरिया पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने लामिछाने पक्राउ

Thankot Times

थानकोट ।

आकर्षक तलबको प्रलोभन देखाई कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको भीमसेननाथ गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने ४३ वर्षीय खडानन्द लामिछाने रहेको प्रहरीले जनाएको छ ।
लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

लामिछानेले कोरिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्रा गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई आवश्यक अुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *