चन्द्रागिरि वडा नंं १५ तीनथानाले डकुमेन्ट्री बनाउँदै, १ लाखको बजेट उपयोग गर्न दरभाउ आह्वान
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानाले डकुमेन्ट्री निर्माणका लागि दरभाउ पेश गर्न सूचित गरेको छ ।
सो वडा क्षेत्र नगरपालिका घोषणा हुनुअघि र घोषणा भएपछि वडा क्षेत्रको पूर्वाधार विकास र अन्य सामाजिक परिवेश समेत झल्काउने वडास्तरीय परिचयात्मक डकुमेन्ट्री निर्माणका लागि दरभाउ पेश गर्न वडा कार्यालयले भनेको हो ।
मंगलबार एक सूचना जारी गर्दै वडा कार्यालयले डकुमेन्ट्री बनाउने कार्य के कति दरमा गर्न सकिन्छ सो का लागि सात दिनभित्र दरभाउ पेश गर्न भनिएको छ ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका सबै १५ वटै वडामा परिचयात्मक डकुमेन्ट्री निर्माण शीर्षकमा १-१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानाले बोल कबोल ढाँचामा डकुमेन्ट्री निर्माण गर्न लागेको हो ।
अन्य वडाहरूले भने परिचयात्मक डकुमेन्ट्री निर्माणका लागि पहुँचका आधारमा निर्माणकर्ता चयन गरेको बुझिएको छ ।














