चन्द्रागिरिका गणेश सुवेदी राष्ट्रिय सभा र दिलमाया जीआर समानुपातिकतर्फ सिफारिस

Thankot Times

थानकोट ।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चन्द्रागिरि नगरपालिका वडा नंं २ निवासी गणेश बहादुर सुवेदीको नाम प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं. १० को क्षेत्रीय समितिको बैठकले सुवेदीको नाम जिल्लामा पठाएको हो ।

सुवेदी यस क्षेत्रमा नेपाली कांग्रेसका पुराना नेता मध्येका एक हुन् ।

यस्तै, चन्द्रागिरि नगरपालिका थानकोटकी दिलमाया जीआर फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं. १० बाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिकतर्फ सिफारिस भएकी हुन् । उनी नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

काठमाडाैं क्षेत्र नं. १० बाट फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १ जना महिलासहित ५ जनाले नाम  जिल्लामा पुगेको छ। जसमा योगेन्द्र कुमार कुँवर, लक्ष्मी देवी दाहाल रावल, दिपेश विष्ट, दिपेन्द्र आचार्य, हिमाल कार्की रहेका छन् ।

यसैगरी समानुपातिकतर्फ यस क्षेत्रबाट जमुना नकर्मी, दिलमाया जी आर, बद्रीलाल महर्जन, अष्टबहादुर महर्जनले उम्मेदवार बन्न इच्छा देखाउँदा राष्ट्रिय सभातर्फ गणेश बहादुर सुवेदीको नाम जिल्लामा  पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *