राष्ट्रपतिका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले दिए राजीनामा
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापा जिम्मेवारी मुक्त भएका छन् ।
राष्ट्रपति पौडेल सचिवालय स्रोतका अनुसार उनले राजीनामा दिएका हुन्।
उनी आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ।













