कस्तो रहला आज बुधबार दिनभरको माैसम ?
थानकोट ।
केही भू-भागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।













