एमालेको ११औँ महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ ।

मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ । 

हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो ।

साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो । 

एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ ।

रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । 

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् ।

सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ