फिफाको उत्कृष्ट खेलाडीमा डेम्बेले र बोनमटी

Thankot Times

थानकोट ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेले मंगलबार कतारमा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

महिलातर्फ बार्सिलोनाकी आइटाना बोनमटी उत्कृष्ट खेलाडी रहिन् ।

डेम्बेले पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण सेप्टेम्बरमा डेलन डे’अर पनि जितेका थिए ।

पीएसजीले गत सिजन फ्रान्सेली लिग वानसँगै पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि पनि हात पारेको थियो।

पीएसजीकै प्रशिक्षक लुइस एनरिके आफ्नो विधामा उत्कृष्ट चुनिए ।

महिलातर्फ बोनमटी लगातार दोस्रो वर्ष फिफाको उत्कृष्ट खेलाडी भइन् ।

उनले लगातार तेस्रो पटक नै डेलन डे’अर जितेकी थिइन् । उनी युरोकी उत्कृष्ट खेलाडी पनि थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ