सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । 

मंगलबारको तुलनामा आज (पुस २) सुन तोलामा ७ सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७ सय कायम भएको छ । 

अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो । 

त्यसैगरी चाँदीको भाउ पनि तोलामा १ सय ७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ