एमाले महाधिवेशनमा मतदानका लागि बेलुकी ८ बजेभित्र मतदानस्थल पुगिसक्नुपर्ने

Thankot Times

थानकोट ।

नेकपा (एमाले) को महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानमा सहभागी हुने प्रतिनिधिहरूले बुधबार बेलुकी ८ बजेसम्म मतदानस्थल पुगिसक्नुपर्ने भएको छ ।

एमालेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले अहिले आफूहरूले टोकन बाँढिरहेको बताए ।

“अहिले टाेकन बाँढिरहेका छाैँ । गेटबाहिर रहनुभएका प्रतिनिधि टाेकन लिएर ८ बजेभित्र हाेल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छाैँ,” लामाले भने ।

यसअघि एमालेको निर्वाचन आयोगले राति ८ बजे मतदान सकिने अनुमान गरेको थियो । तर, मतदान गर्न बढी समय लागेपछि मतदानको समय लम्बिएको हो । अब ८ बजेभित्र मतदानस्थल छिरिसकेकाले भने मतदानमा भाग लिन पाउने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ