चन्द्रागिरिका विभिन्न स्थानमा विद्युत अवरुद्ध, ९ बजेपछि मात्रै सेवा सुचारु हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रका विभिन्न स्थानमा बिहीबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध छ।

बलम्बु फिडर अन्तर्गतका मातातिर्थ, चेकपोस्ट, थानकोट लगायतका स्थानमा बिहानैदेखि बिजुली सेवा अवरुद्ध बनेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार मातातिर्थ क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि अहिले विद्युत लाइन सटडाउन गरिएको हो । र, यो कार्य बिहान करिब ९ बजेसम्म जारी रहनेछ ।

बिहानैदेखि बिजुली सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ