जेन-जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ५ अर्ब दाबी भुक्तानी

Thankot Times

थानकोट ।

गत भदौको २३ र २४ गते नेपालमा जेन–जी विद्रोहको १ सय दिन पूरा भएको छ ।

तथापि, यस घटनाबाट भएको ठूलो निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिको परिपूरण हुन सकेको छैन । नेपाल बीमा प्राधिकरणका अनुसार जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ५ अर्ब रुपैयाँबराबरको मात्र माग दाबी भुक्तानी भएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३०३ वटा मुद्दामा २३ अर्ब ४५ करोड रुपैयाँ माग दाबी परेको छ । यसमध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसमेत गरी करिब ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम १९ अर्ब २ करोडमध्ये ३ अर्ब ८२ करोड भुक्तान गरिएको छ  ।

यस्तै, मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको दाबी रकम ३ अर्ब ४७ करोडमध्ये १ अर्ब २२ करोड रुपैयाँ भुक्तान गरिएको पनि प्राधिकरणले जनाएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको ५५ करोड ४७ लाख रुपैयाँ दाबी रकममध्ये करिब ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये ५ करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ